Kathmandu Press

कपेर महांकाल आधारभूत विद्यालयको भवन समुदायलाई हस्तान्तरण

लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था एइआईएनको सहयोग र ग्रामिण विकास संस्था (एआरडी)को समन्वयमा निर्मित भवन एक कार्यक्रमबीच बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गरे।
कपेर महांकाल आधारभूत विद्यालयको भवन समुदायलाई हस्तान्तरण

काभ्रे, वैशाख १२ : बेथानचोक गाउँपालिका ५ स्थित कामिडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्की भवन समुदायलाई हस्तान्तरण गरिएको छ।

लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था एइआईएनको सहयोग र ग्रामिण विकास संस्था (एआरडी)को समन्वयमा निर्मित भवन एक कार्यक्रमबीच बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गरे।

१ करोड १५ लाखको लागतमा निर्माण भएको भवनको रंगरोगन र फर्निचर लगायतका संरचनामा बनाउन बेथानचोक गाउँपालिकाले ५ लाख रुपैयाँ रकम दिएको थियो ।

341886588_188953056966027_6597581595944482183_n1682434461.jpg

भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सेवा र सदभावका लागि एइआईएन र एआरडीलाई धन्यवाद दिँदै यस प्रकारको साथ, सद्भाव र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। गाउँपालिका विकास निर्माणका लागि दातृ संघ संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै उनले विद्यालय निर्माण जस्तो उन्नत र प्रशंनीय कर्मले व्यक्ति, समाज र सिंगो पालिका नै लाभान्वित हुने बताए।

सामाजिक सञ्जालमा नकारात्मक कुरा लेखेर अरुको लागि उर्जाशील समय व्यतित गर्नुभन्दा राम्रा काम गर्दै समाज रुपान्तरणमा टेवा पु¥याउन युवाहरुलाई आग्रह गरे। अध्यक्ष अधिकारीले पेशा व्यवसायलाई आधुनिकिकरण गर्दै शिक्षा प्रदान गर्ने कार्यमा कुनै कञ्जुस्याई  शिक्षकहरुलाई आग्रह गरे।

343567323_522785163395433_2982372393684851891_n1682434463.jpg

वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले विद्यालय भवन जीर्ण हुँदा शिक्षण सिकाइमा असर परेको बताउँदै नयाँ भवन बनेसँगै उपलब्धी हासिल हुनेमा विश्वास व्यक्त गरे। हाल विद्यार्थीहरुमा विद्यालय छोड्ने समस्या धेरै भएकाले नयाँ भवन बनेसँगै अभिभावकले विश्वास गर्ने शैक्षिक वातावरण बनाउन उनले आग्रह गरे।

एइआईएनकी कार्यकारी निर्देशक फ्राङकोइसे बिन्सफेल्डले भुकम्पपछि नेपालका विद्यालयका भवनमा क्षति पुगेको स्मरण गर्दै आफूहरुले यस भेगमा आएर विद्यालय बनाउन सकेकोमा खुशी व्यक्त गरिन्। उनले भावी दिनमा विद्यालयको संरक्षण र शैक्षिक स्तरउन्नतिमा समुदायले विशेष भूमिका खेल्नेमा बताइन्।

341814601_189947273904626_2030401758038479673_n1682434461.jpg

नेपाल सरकारको मापदण्ड अनुसार बनेको सो भवन कूल २ तलाको रहेको छ। भवनमा ६ वटा कोठा रहेको र तल्लो तला अपाङ्गमैत्री संरचनामा निर्माण भएको एआरडीका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले जानकारी दिए। निर्देशक तिमल्सिनाले समयमै विद्यालय भवन निर्माण सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिँदै भावि दिनमा एइआईएनसँग मिलेर थप कार्यक्रम गर्दै लैजाने बताए।

 

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्