Kathmandu Press

टोरन्टो विमानस्थलबाट करोडौंको सुन चोरी

टोरन्टो विमानस्थलबाट करोडौंको सुन चोरी

टोरन्टो, वैशाख ८ : टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौंको सुन चोरी भएको छ।

सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन्।

कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान थालेको बताएको छ। 

गत सोमबार साँझ विमानबाट मालसामान उतारेपछि कार्गो गरिएको बहुमूल्य वस्तु हराएका क्षेत्रीय प्रहरी निरीक्षक स्टेफिन डुवेस्टेनले बताएका छन्।

उनले अनुसन्धान थालिएको बताउँदै दोषीलाई चाँडै कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। 

कार्गो गरेर सुन ढुवानी गर्ने विमानको उद्गमस्थल तथा उक्त कार्गोको अन्तिम गन्तव्यबारे केही खुलाइएको छैन। क्यानडमा चोरीका यस्ता घटना विरलै हुनेगरेका छन्। 

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्