भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना
गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए। उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए।
नयाँ दिल्ली, वैशाख ७ : भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन्।
गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए। उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए।
एक अधिकारीले भने, 'विरामीको अवस्था र रिपोर्टिङ् सुन्दा मुख्यतया खानामा मिसावट भएको हुन सक्ने देखिन्छ।'
शहिद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटलका मेडिसिन विभागका प्रमुख युके ओझाका अनुसार एक बच्चाको अवस्था गम्भीर रहेको अवस्थामा ८० जनालाई भर्ना गरिएको छ।
स्थानीय प्रशासनले गाउँका जनताको स्वास्थयको निगरानीको आवश्यकता पूरा गर्न स्थानीय स्वास्थ्य संस्थामा थप चिकित्सक र नर्स पठाएको छ।
प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार