दोहोरो अंकले बढ्यो नेप्से
आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ।काठमाडौं, वैशाख ६ : आज पूँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ अंकमा कायम भएको हो।
आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ।
आज म्युचुअल फन्ड समूहको उपसूचक ०.०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७०.८४ र जीवन बीमा समूह ६२.९२ अंकले बढेको छ।
आज बैंकिङ ९.४४, विकास बैंक ४४.१२, वित्त १८.१३, होटल तथा पर्यटन समूह १९ .०५, जलविद्युत् २१.९७ र लगानी समूह ०.६३ अंकले बढेको छ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५.१५, लघुवित्त समूह ३२.१६, व्यापार समूह २८.८८ र अन्य समूह ६.४६ अंकले नेप्से बढेको छ।
आज कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर रु आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ।