झूटो समाचार छापेको मुद्दामा फक्स न्यूजले तिर्यो ७८ अर्ब ७५ करोड डलर जरिवाना
एजेन्सी, वैशाख ६ : सन् २०२० मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा फक्सन न्यूजले प्रसारण गरेको झूटो समाचारविरुद्ध चलिरहेको मानहानीको मुद्दा सुल्झिएको छ । फक्स न्यूजले भोटिङ मेसिन कम्पनी डोमिनियनलाई ७८ अर्ब ७५ करोड रुपैयाँ तिरेको छ। मंगलबार दुई पक्षबीच सहमति भएको हो ।
फक्स न्यूजले राष्ट्रपति निर्वाचनमा भोटिङ मेसिन डोमिनियनले मतदान प्रणालीमा धाँधली गरेको समाचार छापेको थियो । उक्त समाचार छापिएपछि भोटिङ मेसिन डोमिनियनले उक्त मिडियाविरुद्ध अदालतमा मानहानीको मुद्दा हालेको थियो ।
कम्पनीले उक्त समाचारमा मतदानमा ट्रम्पविरुद्ध धाँधली भएको गलत समाचार छापिएको र त्यसले आफ्नो व्यापारमा ठूलो क्षति भएको तर्क गरेको थियो । उक्त मुद्दामा अदालतले फक्स न्यूजका अध्यक्ष रूपर्ट माडोकलाई अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
तर फक्स न्यूजले जरिवाना तिरेपछि अब माडोक अदालतमा उपस्थित हुननपर्ने भएको छ । यो मुद्दा अमेरिकामा हालसम्मकै ठूलो मानहानीको मुद्दा भएको बताइएको छ ।