नेपाल र भारतका निजी कम्पनीबीच २ सय मेगावाट विद्युत् व्यापार गर्ने
अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिन्ट इण्डिया कम्पनीबीच सम्झौता भएको हो।काठमाडौं, वैशाख ५ : नेपाल र भारतका निजी जलविद्युत् व्यवसायिक कम्पनीबीच विद्युत् व्यापार सम्झौता भएको छ।
अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिन्ट इण्डिया कम्पनीबीच सम्झौता भएको हो।
मंगलबारबाट सुरु भएको ऊर्जा सम्मेलन २०२३ मा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीहरूले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता गरेका हुन्।
सम्झौता पत्रमा नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य र स्टिलमिन्टको तर्फबाट महाप्रबन्धक क्षितिज पाण्डेले हस्ताक्षर गरे।
२ सय मेगावाट विद्युत् व्यापारका लागि मणिकरण पावर कम्पनीसँग समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएको नेपाल पावर एक्सचेञ्ज कम्पनीका निर्देशक उत्तम ब्लोन लामाले जानकारी दिए।
त्यस्तै सम्मेलनमा भारतको मणिकरण र नेपालको बिजबेल इनर्जी कम्पनीबीच विद्युत् खरिदसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।
सो समझदारीअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३.५ मेगावाट क्षमताको चुवा खोला आयोजनाबाट उत्पादन हुने विद्युत् भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ। यो समझदारीअनुसार नेपाल पावर एक्सचेञ्ज कम्पनीले विद्युत् खरिद कम्पनी मणिकरण र बिक्री गर्ने कम्पनी बिजबेलबीच खरिदबिक्रीको लागि मध्यस्थताका रुपमा काम गर्नेछ।