Kathmandu Press

हरियाणामा चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु

साेमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो। दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
हरियाणामा चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु

कर्नाल (हरियाणा), वैशाख ५ :  हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन्। 

साेमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो। दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ। 

भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन्।

साथै उनले मिलका मालिकालाई कानुनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। राष्ट्रिय प्रकोप प्रतिकार्य कार्यदल र राज्य विपद् प्रतिकार्य कोषका अधिकारी पनि घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्