Kathmandu Press

पाकिस्तानमा सडक दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो। पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन्।
पाकिस्तानमा सडक दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

इस्लामावाद, वैशाख ५ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्।

प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो। पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन्।

Hardik ivf

घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन्। द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको वाहन ठोक्किएको प्रहरीले जनाएको छ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन्।

प्रकाशित मिति: १२:३८ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्