तातोपानी नाका वैशाख १८ गतेदेखि खुल्ने
काठमाडौं, बैशाख ५ । लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि खुल्ने भएको छ । नेपाली पक्षले निरन्तर उठाउँदै आएको नाका खोल्ने प्रस्तावप्रति चिनियाँ पक्ष पनि सहमत भएपछि वैशाख १८ गतेदेखि नाका खुल्ने भएको हो ।
नेपाल र चीनका अधिकारीबीच आज (सोमबार) बिहान भएको वार्तामा ६ बुदेँ सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
२०७२ सालको भुकम्पपछि तातोपानी नाका बन्द रहेको थियो। नाका खोल्ने विषयमा पटक–पटक वार्ता भए पनि चिनियाँ पक्ष सकारात्मक नहुँदा नाका बन्द नै थियो ।
मंगलबार बिहान नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा नाका खोलेर निकासी–पैठारी गर्नेहित ६ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१