भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदै
एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको तीनदिने सो प्रदर्शनीमा एक सय ७६ व्यापारिक कक्ष रहनेछन्।काठमाडाैं, वैशाख ४ : भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा यही वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुने भएको छ ।
हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले आज यहाँ पत्रकार सम्मेलन गरी स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन, नेपाली उद्योगी–व्यवसायीको मनोबल बढाउन र निर्यात प्रवद्र्धन तथा अर्थतन्त्र सुधारका पक्षमा योगदान पुर्याउन महोत्सवका रूपमा प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ।
एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको तीनदिने सो प्रदर्शनीमा एक सय ७६ व्यापारिक कक्ष रहनेछन्।
पश्मिना, गलैँचा, कार्पेट, काष्ट एवं मूर्तिकला, गरगहना, जडिबुटी, सजावट तथा पर्यटन उद्योगसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिने आयोजक कम्पनीका अध्यक्ष कपिल अधिकारीले जानकारी दिए।