Kathmandu Press

कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु

आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका छन्।
कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु

काठमाडाैं, वैशाख ४ : कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो। 

आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका छन्। पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमित ३४ आइसोलेशन, सात जना आइसीयु र तीन जना भेन्टिलेटरमा रहेका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन्। 

राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले बढ्दो कोरोनाको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको जानकारी दिएको थिए।

परिवार कल्याण महाशाखाअन्र्तगत बालस्वास्थ्य तथा खोपसेवा शाखाको प्रमुख डा अभियान गौतमले भन्नुभयो, 'हामीसँग भएको फाइजर बुस्टर डोजको ३० लाख मात्रा मध्ये अहिले तीन लाख मात्र मौज्याद छ। बाँकी सबै स्थानीयमा खोप वितरण भएर खोप कार्यक्रम सञ्चालन भइरहेको छ।'

डा गौतमले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रह  गरेका छन्।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्