तनहुँ १ मा भट्टराईलाई जिताउन गठबन्धनकाे सभा हुने, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तनहुँ, वैशाख ४ : पाँच दलीय गठबन्धनले तनहुँ १ को उपनिर्वाचनका लागि चुनावी सभा गर्ने भएको छ।
बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा वैशाख ६ गते सभा गर्ने भएको हो। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेको उक्त क्षेत्रमा सभा गर्न लागिएको नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिए।
चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसैगरी वैशाख ५ गते सदरमुकाम दमौलीमा चुनावी सझा गर्ने भएको छ। नेपाली कांग्रेस व्यास नगर सभापाति सूयचन्द्र हड्खलेले दिएको जानकारीअनुसार सभामा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरु सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी वैशाख ७ गते आँबुखैरेनी बजारमा सभा गर्ने प्रवक्ता वाग्लेले जानकारी दिए।

-1784896419.png)