Kathmandu Press

पेटमा हरि सम्झेर जितनारायणलाई भोट हाल्न गगन थापाको आह्वान

सोमबार चितवन कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो भनाइ राखेका हुन्।
पेटमा हरि सम्झेर जितनारायणलाई भोट हाल्न गगन थापाको आह्वान

काठमाडौं, वैशाख ४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनमा यसपल्ट बेइमानी नगर्न पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

सोमबार चितवन कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो भनाइ राखेका हुन्।कालिका नगरपालिकामा आयोजित सभामा थापाले मंसिर ४ को चुनावमा जस्तो यस पटक गल्ती नगर्न काँग्रेस कार्यकर्ता आग्रह गरे। ‘बितेको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंहरुले मान्छे चिनिसक्नु भयो।

तपाईंहरूले हिजो के गर्नुभयो? के कारण त्यसो गर्नुभयो? किन गर्नुभयो भन्ने सबै कुरा भुलौँ’, थापाले भने, ‘यी कुरा बिर्सिएर म कांग्रेसका सबै साथीहरूलाई नेताहरूसँगका असन्तुष्टि भुलेर अघि बढौँ। विगतका कमजोरिबारे हामी बसेर छलफल गरौँला। अहिलेको चुनावमा कसैले तलमाथि नगरौँ।’

वैशाख १० गते हुने उपचुनावमा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। रुखमा मतदान गर्न नसक्ने भए अहिले नै भन्न कार्यकर्तालाई थापाले आग्रह पनि गरे। ‘एकजना पनि कांग्रेसका साथीले दायाँबायाँ–तलमाथि नगर्नुहोला। मैले सधैँ भन्दै आएको छु, म भगवानमा विश्वास गर्ने मान्छे हुँ। जसको मनमा हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ। बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन्।’

थापाले पाँच वर्ष समय खेर जान नदिई आफ्नै सरकारलाई पनि प्रश्न उठाउने लताए। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्।
 

प्रकाशित मिति: १६:४८ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्