Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिने

विश्वासको मत लिन प्रदेशसभाको बैठक ११ गते बिहान ११ बजेका लागि डाकिएको छ। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए।
लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिने

बुटवल, वैशाख ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिन प्रदेशसभाको बैठक ११ गते बिहान ११ बजेका लागि डाकिएको छ। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए।

केन्द्रमा बदलिएको सत्ता समीकरणप्रभाव प्रदेशमा पनि परेकाले माओवादी केन्द्रलगायत दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार गिरीले विश्वासको मत लिन लागेका हुन्। अहिले उनलाई एमालेका २९ र राप्रपाका ४ सांसदको मात्रै समर्थन छ। ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। त्यति मत गिरिसँग छैन। 

यत नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका ८ दल र एक जना स्वतन्त्रसमेत गरी ५३ सांसदले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै केही समयअघि नै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।

विश्वासको मत नपाए ठुलो दलका हिसाबले संविधानको धारा १६८ (३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारीमा एमाले  रहेको बताइएको छ।

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्