Kathmandu Press

यसरी सिंगारियो रातो मछिन्द्रनाथको मूर्ति (तस्बिरहरू)

मछिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ।
यसरी सिंगारियो रातो मछिन्द्रनाथको मूर्ति (तस्बिरहरू)

काठमाडाैं, वैशाख २ : रातो मछिन्द्रनाथको मूर्तिमा रङ लगाउने कार्य आज (सोमबार) सकिएको छ। गम्भीर नेकु र अमिर नेकुले बिहीबार रङ लगाउन सुरु गरेका थिए। 

रङरोगनका लागि औसत चार दिनसम्म लाग्ने गम्भीर नेकुले बताए। पाटनमा मछिन्द्रनाथलाई रोगन गर्ने नेकुको मात्रै परिवार रहेको छ। मूर्ति रंगाउन सिम्रिक, हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाजल) र म्हैपी अजिमाबाट ल्याइएको माटो आवश्यकता पर्छ।

रङ लगाउनुअघि माटोले मछिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ। मछिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ। रङ लगाएपछि मूर्ति दश कर्मका लागि तंः बहालस्थित मछिन्द्रनाथ मन्दिरको एएटा कुनामा राखिन्छ।

Hardik ivf

cover1681724118.jpg

Suzal_80471681724122.jpg

Suzal_80521681724122.jpg

Suzal_79941681724121.jpg

Suzal_80221681724121.jpg

Suzal_79061681724119.jpg

Suzal_79811681724120.jpg

Suzal_79651681724120.jpg

Suzal_79461681724120.jpg

Suzal_79341681724119.jpg

Suzal_44311681724118.jpg

 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्