Kathmandu Press

तनहुँ १ मा गोविन्द भट्टराईलाई जिताउन लोकतान्त्रिक वाम गठबन्धनकाे अपिल

नेपाली काङ्ग्रेसका सभापति जितप्रकाश आले, नेकपा माओवादी केन्द्रका ओमराज आले, नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङले संयुक्त रूपमा प्रकाशित गरी जिताउन अपिल गरेका हुन्।
तनहुँ १ मा गोविन्द भट्टराईलाई जिताउन लोकतान्त्रिक वाम गठबन्धनकाे अपिल

दमाैली, वैशाख ४ : यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन वाम लोकतान्त्रिक गठबन्धनले अपिल गरेको छ।

गठबन्धनमा आबद्ध दलहरूको बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व विकास दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनुको विकल्प नभएको बताएको छ।

नेपाली काङ्ग्रेसका सभापति जितप्रकाश आले, नेकपा माओवादी केन्द्रका ओमराज आले, नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङले संयुक्त रूपमा प्रकाशित गरी जिताउन अपिल गरेका हुन्।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने उल्लेख छ। ‘सात दशकभन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा, स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको समृद्धिका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन दलहरू आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार वैशाख १० गतेको निर्वाचनका लागि गोविन्द भट्टराईलाई लिएर आएका छौं।’

लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएका, विद्यार्थी आन्दोलनले खारिएका एक सशक्त योद्धा भएकाले भट्टराईलाई विजयी गराउन गठबन्धनले मतदातासँग अपिल गरेको छ।

बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठबन्धनले संयुक्त विज्ञप्तिमार्फत क्षणिक आवेग, लोभ र प्रलोभनमा परेर होइन यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई मतदान गरी विजयी गराउन आह्वान गरेसँगै भट्टराईलाई चुनावमा सहज हुने देखिएको छ।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्