बारा २ मा वैशाख ७ गते गठबन्धनको चुनावी सभा
बारा २ कै महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गरिनेछ।
काठमाडौं, वैशाख ४ : बारा २ मा आगामी वैशाख ७ गते पाँचदलीय गठबन्धनको चुनावी सभा हुने तय भएको छ। उपेन्द्र यादवलाई मत माग्न उपनिर्वाचन लक्षित सभा आयोजना गर्न थालिएको हो ।
चुनावी सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
बारा २ कै महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गरिनेछ। गठबन्धनका तर्फबाट उक्त निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उमेदवार छन्। यही वैशाख १० गते बारा २ सँगै चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।
प्रकाशित मिति: १५:१० बजे, सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









