Kathmandu Press

बिस्केट जात्राका अवसरमा टोखा नगरपालिकामा आज सार्वजनिक बिदा

टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए । 
बिस्केट जात्राका अवसरमा टोखा नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं, वैशाख ४ : बिस्का अर्थात् बिस्केट जात्राका अवसरमा आज काठमाण्डौको टोखा नगरपालिकामा सार्वजनिक बिदा छ ।

टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए । 

बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालय बन्द हुने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्त्वसमेत रहेको छ ।

सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ । गएको शुक्रवार १ गतेदेखि सुरु भएको बिस्केट जात्रा भोलि सकिँदैछ। 

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्