Kathmandu Press

पाँचथरमा भारतीय पर्यटकको मृत्यु

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरमा भारतीय पर्यटकको मृत्यु
Hardik ivf

पाँचथर, वैशाख ३ : भीरबाट लडेर नेपाली नयाँ वर्षमा नेपाल घुम्न आएका भारतीय पर्यटकको मृत्यु भएको छ। भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो।

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्