इक्वेडर जेल झडपमा १२ कैदीको मृत्यु
गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो। साताको प्रारम्भमा तीन जना महिला सुरक्षाकर्मी मारिएको घटना सेलाउन नपाउँदै झुण्डिएका बन्दी देखेपछि आपसमा भीषण झडप भएको हो।ग्वायाकिल (इक्वेडर), वैशाख ३ : ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारगारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्।
गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो। साताको प्रारम्भमा तीन जना महिला सुरक्षाकर्मी मारिएको घटना सेलाउन नपाउँदै झुण्डिएका बन्दी देखेपछि आपसमा भीषण झडप भएको हो।
मृतकका शरीरमा गोली लागेका घाउ पनि छन्। यो नरसंहारको अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। भाडाका हत्याराले ती महिलालाई गोली हानेको बताइएको छ।
देशको राष्ट्रिय सेना र प्रहरीले दुई दिनको अथक प्रयासपछि कारागाररको विषम स्थितिलाई साम्य पारेको छ। ग्वायाकिल कारगारमा छ हजार आठ सय कैदी छन्।
विश्वका प्रमुख कोकिन उत्पादक मुलुक कोलम्बिया र पेरुको बीचमा अवस्थित ग्वायाकिल हालैका वर्षमा लागू औषध तस्करीको केन्द्रबिन्दु बनेको छ।
फेब्रुवरी २०२१ यता इक्वेडरका जेलमा आठ वटा यस्ता वीभत्स हत्याका घटना भइसकेका छन्। ती घटनामा चार सयभन्दा बढी कैदीले ज्यान गुमाएका छन्। धैरेको शव टुक्राटुक्रा पारिएको तथा जलाइएको अवस्थामा भेटिएका थिए।
लागू औषध तस्करहरूले जेललाई आफ्नो कारोबार सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दा इक्वेडरमा यस्ता घटना बारम्बार हुने गरेका छन्। गत सेप्टेम्बरमा पनि इक्वेडरको अर्को एक कारगारमा यस्तै झडप हुँदा एक सय बीस जना कैदीको मृत्यु भएको थियो।