Kathmandu Press

भारतमा कोरोनाका १० हजार बिरामी थपिए

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।
भारतमा कोरोनाका १० हजार बिरामी थपिए

नयाँ दिल्ली, वैशाख २ : पछिल्लाे २४ घन्टामा देशभर १० हजार ७ सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्। शुक्रबार ११ हजार १ सय ९ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड-१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार ७ सय २० जना सक्रिय सङ्क्रमित छन्।

पछिल्लाे २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन्। हालसम्म ४ करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्