Kathmandu Press

राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

लन्डन, चैत ३० : आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिने भएका छन। उनकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्ने भएका छन।

राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उनकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको हो । 

Hardik ivf

आगामी वैशाख २३ गते राजा चाल्र्स तृतीयको वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुँदैछ । उक्त समारोहमा विश्वभरका शीर्ष नेता तथा व्यक्तिसहित दुई हजार विशिष्ट पाहुनाका बीचमा राजदरबार त्यागेका राजकुमार ह्यारी पनि अतिथि बन्नेछन। प्राप्त समाचारअनुसार डचेस अफ ससेक्स मेघनले आमन्त्रण अस्वीकार गरेकी छन।

राजपरिवारका सदस्यसँगको आफ्नो मतभिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ ।  राजपरिवारसँगको उहाँको यो भेट उक्त पुस्तक बजारमा आएपछिको पहिलो हुनेछ । 

पारिवारिक मनोमालिन्यका कारण तीन वर्षअघि राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजकीय कर्तव्यबाट अवकाश लिएको घोषणा गर्दै अमेरिका बसाँइ सरेका थिए। राजपरिवारका सदस्यबीचको वैमनस्यता गत महिना फेरि सार्वजनिक भयो जब विन्डसर दरबारमा रहेको राजकुमार ह्यारीको निवास फ्रोगमोर कटेज  खाली गर्न भनिएको थियो ।

विश्वका १६ भाषामा छापिएको ह्यारीको आत्मकथामा बेलायती राजपरिवारभित्रका आपसी घृणा, स्वार्थ र वैमनस्यताका अचम्म लाग्दा किस्सा छन् । ह्यारीलाई सिंहासनको उत्तराधिकारी उनका दाजु विलियमले सन् २०१९ दरबारभित्रै पिटेको सनसनीखेज खुलासादेखि कौमार्य भङ्ग, अफगानिस्तनमा हेलिकप्टर उडान, विद्रोहीको हत्यालगायत सामग्री छन् । पुस्तकमा दाजुभाईबीच विवाद बढ्दै गएपछि विलियमले आफूलाई कठालोमा समातेर भुइँमा पछारिदिएको पत्नी मेघनलाई ‘अशिष्ट आइमाई’ भनेर गालीगलौज गरिएको स्मरण पनि समेटिएको छ । 

सन् १९८४ को सेप्टेम्बर १५ मा जन्मेका ह्यारी बेलायतका राजा चाल्र्स र उनकी पहिलो पत्नी डायनाका दोस्रो सन्तान हुन ।  अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गर्नुअघि उनी ससेक्सको ड्युक थिइन । अश्वेत युवती मेघनसँगको विवाहलाई दरबारले कहिल्यै मन पराएन । परिवारभित्रै बाहिरियाजस्तो हुन पुगेपछि दुई सन्तान आर्ची र लिलिबेटका साथ अमेरिका प्रस्थान गरेका हुन।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्