‘भारत विकासशील देशहरूको पक्षमा छ’
भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले भारत अल्प विकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे।रोम, चैत ३० : भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गर्नुभएको छ।
भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले भारत अल्प विकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे। विकासको प्रक्रियामा रहेका देशलाई सघाउनुपर्छ भन्ने मान्यताका साथ भारतले विश्वमञ्चहरूमा आवाज उठाउँदै आएको उनले दोहोर्याए।
सो अवसरमा इटालीका लागि भारतका राजदूत नीना मल्होत्राका साथै इटालीका विदेश मामिला तथा अन्तरराष्ट्रिय सहयोगमन्त्री एडमन्डो सिरिएलीलगायत उपस्थित थिए।
मन्त्री गोयल हाल फ्रान्स र इटालीको औपचारिक भ्रमणमा हुनुहुन्छ। उहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा साथ भारतका प्रमुख व्यापारिक प्रतिष्ठानका शीर्ष प्रमुख कार्यकारी अधिकृतहरू छन्। बुधबार पेरिसमा भएको भारत–फ्रान्स व्यापार शिखर सम्मेलन तथा प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठकमा उहाँले भारत अवसरको खानी भएको बताउँदै त्यहाँ लगानी गरेर लाभान्वित हुन आमन्त्रण गरेका थिए।
मन्त्री गोयलको यो भ्रमणबाट युरोपमा रहेका भारतका प्रमुख व्यापारिक साझेदारसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।