Kathmandu Press

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन र उमेशबीच पुनः प्रतिस्पर्धा हुने

बुधबार भएको निर्वाचनको मतपरिणामअनुसार कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि बढी मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो।
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन र उमेशबीच पुनः प्रतिस्पर्धा हुने

काठमाडौं, चैत ३० : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। तीन प्रतिस्पर्धीमध्ये रामचन्द्र संघाई तेस्रो स्थानमा परेपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच भिडन्त हुने भएको छ।

बुधबार भएको निर्वाचनको मतपरिणामअनुसार कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि बढी मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो।

Hardik ivf

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउँदा दोस्रो स्थानमा रहेका उमेशलालले ३१.७१ प्रतिशत मत पाए। संघाई ३०.४६ प्रतिशत मतमा सीमित भएका थिए।

वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ। दोस्रो चरणमा भने सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था छ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चुनिएका उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। जसअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्। 

वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ। मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्