उद्योग वाणिज्य महासंघ : वरिष्ठ उपाध्यक्षका लागि पुनः निर्वाचन हुने
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ। अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ।
काठमाडौं, चैत ३० : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि पुनः निर्वाचन हुने निश्चित भएको छ।
निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हाे। वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ। दोस्रो चरणमा भने सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था छ।
अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा छ। अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ।
८० प्रतिशत मतभारको गणना सकिँदा ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन।
प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











