Kathmandu Press

सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो।
सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

भटिन्डा (पञ्जाब), चैत २९ : यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ।

आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो।

घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो।

घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी  गरी घटनामा संलग्नको खोजी भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ। 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, चैत २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्