Kathmandu Press

उद्योग वाणिज्य महासंघमा मतदान सुरु

महासंघ निर्वाचनमा कुल १९५३ मतदाता छन्। ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छन्। यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।
उद्योग वाणिज्य महासंघमा मतदान सुरु

काठमाडाैं, चैत २९ : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। प्रज्ञाभवन कमलादीमा बिहान १० बजेबाट मतदात सुरु भएको छ।

८ बजेबाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिला सुरु भएको हो।

Hardik ivf

महासंघ निर्वाचनमा कुल १९५३ मतदाता छन्। ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छन्। यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।

प्रकाशित मिति: १०:५१ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्