२७ अंकले बढ्यो नेप्से
आजको कारोबारमा २६२ कम्पनीको ३३ लाख १५ हजार ७ सय २० कित्ता शेयर ३५ हजार २ सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँमा खुम्चिएको छ।
काठमाडौं, चैत २८ : मंगलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक आज २७।३१ अंकले बढेर १८७१.३३ अंकमा कायम भएको छ।
आजको कारोबारमा २६२ कम्पनीको ३३ लाख १५ हजार ७ सय २० कित्ता शेयर ३५ हजार २ सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँमा खुम्चिएको छ।
सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक १३९.९१ र जीवन बीमा समूहको उपसूचक ८६.१० अंकले बढेको छ । बैंकिङ समूह १६.७७, विकास बैंक समूह ७९.१८, वित्त समूह ३७.४८, होटल तथा पर्यटन समूह ५३.२२ र जलविद्युत् समूह ३७.९४ अंकले बढेको छ।
त्यस्तै, लगानी समूह ०.७६, लघुवित्त समूह ४९.७५, म्युचुअल फन्ड समूह ०.१६, निजीवन बीमा समूह ६२.९२, अन्य समूह १७.४६ र व्यापार समूह २१.९८ अंकले बढेको छ।
प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार