Kathmandu Press

‘अर्थतन्त्रको संकटको टार्न राष्ट्रिय विमर्श गरौं’

‘मुलुकको अर्थतन्त्र संकटको डिलमा छ। सबै सरोकारहरूले समयमै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो हुँदैन।’
‘अर्थतन्त्रको संकटको टार्न राष्ट्रिय विमर्श गरौं’

काठमाडौं, चैत २८ : नेपाली अर्थतन्त्रमा देखिएको वर्तमान संकट समाधान गर्न राष्ट्रिय विमर्श गर्न नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग आग्रह गरेका छन्।

महासंघको महासंघको ५७औँ वार्षिक साधारणसभामा संवोधन गर्दै गर्दैै ढकालले आर्थिक अवस्था अझ गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताए।

Hardik ivf

उपाध्यक्ष ढकालले भने, ‘मुलुकको अर्थतन्त्र संकटको डिलमा छ। सबै सरोकारहरूले समयमै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो हुँदैन।’ उनले सानो अर्थतन्त्र रहेको मुलुकलाई छोटो समयमै लयमा फर्काउन सम्भव छ भएको बताए।

सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने ढकालले उल्लेख गरे। यस विषयमा उनले कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा.प्रकासशरण महतको ध्यानाकर्षण गराए।

नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने सुझाव समेत ढकालले दिए। अर्थतन्त्रको संकटमोचनमा सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी छिटो ‘रोडम्याप’ बनाउनुपर्ने समेत ढकालले बताए।

 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्