Kathmandu Press

लगानीको समस्या हल गरेर चाँडै नै अर्थतन्त्र चलायमान बनाउछौं : अर्थमन्त्री

‘अर्थतन्त्रका सूचकहरू नकारात्मक मात्रै छैन । सञ्चिती राम्रो छ । ४ प्रतिशत माथिको आर्थिक वृद्धि यो परिस्थितिमा सन्तोषजनक हो।’
लगानीको समस्या हल गरेर चाँडै नै अर्थतन्त्र चलायमान बनाउछौं : अर्थमन्त्री

काठमाडाैं, चैत २८ : अर्थमन्त्री प्रकाशशरण महतले चाँडै नै लगानीका समस्या हल गरेर अर्थतन्त्र चलायमान बनाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरणसभामा अर्थमन्त्री महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताए।

अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रका सूचकहरू नकारात्मक मात्रै छैन । सञ्चिती राम्रो छ । ४ प्रतिशत माथिको आर्थिक वृद्धि यो परिस्थितिमा सन्तोषजनक हो।’ उनले लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताए।

Hardik ivf

ब्याजदरका विषय वा मौद्रिक नीतिमा टाइट गरिएका अन्य विषयलाई खुकुलो बनाउने सन्दर्भमा सरकारले राष्ट्र बैंकसँग परामर्श गरिरहेको उनले बताए ।

‘ऋण लिएकाले सहज रुपमा फिर्ता गर्न सक्ने वातावरण बनाउनु हाम्रो कोसिस हुन्छ । घरजग्गामा देखिएको मन्दी, निर्माण क्षेत्रमा देखिएको मन्दी कम गरेर समग्र अर्थतन्त्र चलायमान अर्थतन्त्र बनाउनका लागि केन्द्रित हुनेछौं,’ महतले भने ।

अर्थमन्त्री महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘अहिले अप्ठेरो पर्‍यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ।’

महतले अबका नीतिगत विषय, करका विषय वा मौद्रिक नीतिका सम्बन्धमा उद्योगी व्यवसायीका सुझावलाई समेट्दै सरकार अघि बढ्ने बताए ।

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्