रुसद्वारा ६९९ किलो कोकिन बरामद
मस्को, चैत २७ : रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ । सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ ।
दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रूबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको सो लागुऔषधि रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ । संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रूसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ।
रुसी कानून अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ।
प्रकाशित मिति: १९:११ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१