Kathmandu Press

फ्रान्समा भवन भत्किँदा दुई जनाको मृत्यु, अन्यको खोजी जारी

फ्रान्समा भवन भत्किँदा दुई जनाको मृत्यु, अन्यको खोजी जारी

पेरिस, चैत २७ : फ्रान्सको मार्सेलीमा आइतबार ठूलो विस्फोटपछि भत्किएको भवनको भग्नावशेषमा दुई जनाको मृत शरीर भग्नावशेषबाट निकालिएको उद्धार कार्यमा सम्लग्न अधिकारीले बताएका छन् । 

भूमध्यसागरीय बन्दरगाह शहर, मार्सेलीमा रहेको चारतले भवन भत्किएको करिब २४ घण्टापछि ती शव फेला परेका हुन् । 

Hardik ivf

आपतकालिन कामदारहरूले क्रेन र बत्तीको सहायताले आइतबार रातिसम्म पनि उद्धार कार्य जारी राखेका थिए । तर भग्नावशेषमुनि लगातार आगो लाग्दा उनीहरूको काममा बाधा पुगेको थियो । 

घटनापछि प्रतिक्रिया दिँदै स्थानीय अभियोजक डोमिनिक लरेन्सले आठ जनाले फोन कलको जवाफ नदिएको बताएका थिए।

स्थानीय समयअनुसार आइतबार राति १२ः४० बजे भएको विस्फोटमा परी छिमेकी भवनका पाँच जना सामान्य घाइते भएका छन् । 

मार्सेलीका मेयर बेनोइट पायनले एक विज्ञप्ति जारी गर्दै भने, 'आइतबार राति गम्भीर पीडा र दुःखले सकिएको छ ।' 

'शहरका सबै सेवाहरू, साथै राज्य, यस क्षणमा पनि खोजी जारी राख्न पूर्ण रूपमा प्रतिबद्ध छन्,' उनले थपे । 

विस्फोटको कारण पत्ता लाग्न बाँकी छ, तर अनुसन्धानकर्ताहरूले यो ग्यास चुहावटको परिणाम भएको हुन सक्ने बताएका छन् । 

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्