Kathmandu Press

‘ऋण नतिर्ने भन्ने कुरा राज्यले स्विकार्दैन, ब्याजदरबाट समस्याकाे समाधान खोज्नुपर्छ’

नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारण सभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निजी सहकार्यबिना मुलुकको आर्थिक वृद्धि तथा रोजगारी सम्भव नभएको भन्दै निजी व्यवसायीको समस्यालाई सरकारले आफ्नो समस्यामा रुपमा लिँदै समाधानको बाटो खोजिने धारणा राखे।
‘ऋण नतिर्ने भन्ने कुरा राज्यले स्विकार्दैन, ब्याजदरबाट समस्याकाे समाधान खोज्नुपर्छ’

काठमाडाैं, चैत २७ : अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नै तिर्न सक्दैनौ भन्ने अभियानलाई राज्यले स्वीकार गर्न नसक्ने भन्दै ब्याजदरबाट समस्याकाे समाधान खोज्नुपर्ने बताए। 

नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारण सभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निजी सहकार्यबिना मुलुकको आर्थिक वृद्धि तथा रोजगारी सम्भव नभएको भन्दै निजी व्यवसायीको समस्यालाई सरकारले आफ्नो समस्यामा रुपमा लिँदै समाधानको बाटो खोजिने धारणा राखे।

Hardik ivf

पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको भए पनि पुरै नकारात्मक नरहेको उनको भनाइ छ।

कार्यक्रममा चेम्बरर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले लघुवित्त लगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग सरकार गम्भीर हुनुपर्ने बताए।

मुलुकको बृहत्तर र आर्थिक समृद्धिका लागि नेपाल चेम्बर अफ कमर्सले आवश्यक सुझावहरु दिइरहेको र यसमा सरकारको पूर्ण सहयोग हुने अपेक्षा गरे।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्