Kathmandu Press

फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन्।
फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

मनिला, चैत २७ : फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ।
 
क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन्।
 
फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताएका छन्। 

फजार्डोले एएफपीसँग भने, 'महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए। धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन्।'

मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरु रहेका छन्। फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताएका छन्। 

'रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए। यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुन सक्छ,' उहाँले भने। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ। 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, चैत २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्