Kathmandu Press

पत्रकारलाई सूचना सम्प्रेषण अंकूश नलगाउन माग 

काठमाडौँ, फागुन ४ : राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपी)जे  देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सि....

पत्रकारलाई सूचना सम्प्रेषण अंकूश नलगाउन माग 
रासस

काठमाडौँ, फागुन ४ : राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपी)जे  देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानूनी अधिकारका लागि देशभरका पत्रकारलाई एकजुट गराएर अघि बढ्ने निष्कर्ष पनि निकालेको छ । 
संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता भएको कार्यक्रममा सहभागी वक्ताले फोटो पत्रकारको व्यावसायिक सुरक्षाको सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका थिए । 

Hardik ivf

संस्थाका पूर्वअध्यक्षहरु मिनरत्न बज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले फोटो पत्रकारको पेशागत मर्यादा र निर्वाह गर्नुपने दायित्वबारे धारणा राखेका थिए 

कार्यक्रममा संस्थाका सचिव नवराज श्रेष्ठले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष लेखबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । 

साधारणसभाले संस्थाको विधान संशोधन गरी फोटो पत्रकार समूहलाई ७ वटा प्रादेशिक संरचनामा लाने निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, फागुन ४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्