Kathmandu Press

फिलिपिन्समा आगलागी हुँदा सातको मृत्यु, ६० बढी परिवार घरबारविहीन

राति १० बजेअघि आगलागी भएको थियो। स्थानीय समय अनुसार शनिबार तायटे सहरमा तीव्र गतिमा फैलिएको  आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए।
फिलिपिन्समा आगलागी हुँदा सातको मृत्यु, ६० बढी परिवार घरबारविहीन

मनिला, चैत २६ : फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ। 

राति १० बजेअघि आगलागी भएको थियो। स्थानीय समय अनुसार शनिबार तायटे सहरमा तीव्र गतिमा फैलिएको  आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए।

अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ।

उक्त  आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ।

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, चैत २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्