Kathmandu Press

करिब दुई हजार मानिस घरबारविहीन

करिब दुई हजार मानिस घरबारविहीन

दार एस सलाम, चैत २६ : दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन्। 

देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार आठ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन्।

पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशङ्का गरेका छन्। 

प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन्।

एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ। बाढीबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको छ। 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, चैत २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्