Kathmandu Press

‘निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक छ’

काठमाडौंमा जारी सहकारी महासम्मेलन बोल्दै उनले महासंघले पनि कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए।
‘निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक छ’
फाइल तस्बिर ।

काठमाडौं, चैत २५ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा जारी सहकारी महासम्मेलन बोल्दै उनले महासंघले पनि कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए।

Hardik ivf

उनले निजी क्षेत्र र सहकारीबीच लगानी सहकार्यका लागि बाधा अड्चनका रूपमा रहेका ऐन–नियमलाई फुकुवा गर्नुपर्ने धारणा पनि राखे।

सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको ढकालको भनाइ छ।

महासम्मेलनको तेस्रो दिन आज ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा बोल्ने अधिकांश  वक्ताले यसअघि सार्वजनिक तथा निजी क्षेत्रबीच मात्रै साझेदारी हुने गरेको भए पनि अब सहकारीलाई पनि संलग्न गराउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्