खोपासीका जेष्ठ नागरिकको साहारा बन्दै साहारा जेष्ठ नागरिक समाज

काभ्रे, चैत २५ : ‘जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ पनौती नगरपालिका वडा नं. १० मा स्थापना भएको साहारा जेष्ठ नागरिक समाजको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रममा चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ठूली कान्छि कार्की, रत्न बहादुर उदास, कान्छि कार्की र ज्ञान बहादुर खड्का छन्।
उनीहरुलाई प्रमुख अतिथी लायन्सकर्मी सबिता दाहाल न्यौपानेले दोसल्ला, खादा, माला, मायाको चिनोले सम्मान गरिन्।
कार्यक्रममा संस्थाका सदस्यद्वय रेणुका उलक र हरि हुमागाईलाई सव्रिmय सदस्यको रुपमा सम्मान गरिएको थियो। यस्तै, स्थानीय समाजसेवी पनौती नगरपालिका वडा नं. १० निवासी जगन्नाथ गिरीलाई विशेष सम्मान गरिएको थियो।

सम्मानित समाजसेवी गिरिले आफ्नो स्वर्गबासी पिता कुलमान गिरीको नाममा अक्षयकोष स्थापनार्थ २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरे। सम्मान ग्रहण गर्दै गिरीले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई धार्मिक यात्रामा लाने योजनासमेत रहेको जानकारी दिए।
कार्यक्रममा संस्थाको आगामी वर्षको कार्ययोजना संस्थाका सचिव अच्युतप्रसाद गुरागाईले गर्नु भएको थियो भने संस्था स्थापना कालदेखि हालसम्मको प्रगति प्रतिवेदन संस्थाका संचालक हस्तबहादुर लामाले प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रि .राज तिमल्सिना पानौती नगरपालिका वडा नं. १० का अध्यक्ष मोहन भण्डारी, समाजसेवी माधव थापा नेपाल रेडव्रmस सोसाईटी खोपासी उपशाखाका अध्यक्ष विनोद कोईराला, वडा सचिव भगवान बस्नेत, काभ्रे सेवा समाजका पूर्वअध्यक्ष प्रल्हाद केसीलगायतका व्यक्तिहरुको उपस्थिति थियो।
साहारा जेष्ठ नागरिक समाजले ज्येष्ठ नागरिकहरुलाई हप्ताको ३ दिन भजन किर्तन कार्यक्रम गराउँदै आएको छ ।












-(86)-1764936079.jpg)


-1764760320.jpg)