Kathmandu Press

९ तस्बिरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको महास्नान

महास्नानका लागि मूर्तिलाई चाँदीको जलले स्नान गराइन्छ। त्यसपछि, गाईको दुध, ध्यु, सख्खर मिश्रित पानीले स्नान गराइन्छ।
९ तस्बिरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको महास्नान
Hardik ivfHardik ivf

काठमाडौं, चैत २४ : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको आइतबार महास्नान गरिएको छ।

यससँगै रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरू भएको छ। हरेक वर्ष मच्छिन्द्रनाथको रथजात्रा अघि मूर्तिलाई स्नान गराउने प्रचलन छ।

महास्नानका लागि मूर्तिलाई चाँदीको जलले स्नान गराइन्छ। त्यसपछि, गाईको दुध, ध्यु, सख्खर मिश्रित पानीले स्नान गराइन्छ।

यस वर्ष २१ वैशाखबाट रातो मन्छिन्द्रनाथको रथजात्रा सुरू हुँदैछ। यसलाई नेपालको सबैभन्दा लामो रथ जात्राको रूपमा मानिन्छ। रथ जात्राको इतिहास करिब १६ सय वर्ष पुरानो छ।  

विशेष जात्रा अवसरमा मात्र कुमारी घर बाहिर ल्याइने कुमारीलाई पनि महास्नानको दर्शन गराइन्छ। यस क्रममा पाटनकी कुमारी निहिरा बज्राचार्यले लगनखेलस्थित पाटीमा विराजमान गराइ स्नानको दर्शन गराइन्छ।

16808735764111680879818.jpg

16808735763041680879814.jpg

16808735765181680879823.jpg

16808735764841680879822.jpg

16808735764721680879821.jpg

16808735764011680879816.jpg

16808735764521680879820.jpg

16808735762851680879930.jpg

16808735764411680879930.jpg

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्