Kathmandu Press

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

न्यासभिल (टेनेसी), चैत २४ : बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्कासनमा परेका छन्। 

राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन्। सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन्। 

हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको प्रतिवाद गर्र्दै बन्दुक नियन्त्रण हुनुपर्ने आवाज उठाएका अश्वेत सांसद निष्काशनमा परेका हुन्।

उनीहरूसँगै आवाज उठाएकी एक जना श्वेत सांसद भने निष्काशनबाट बचेकी हुन्। उनी एक मतले निष्कासनबाट जोगिएकी हुन्। 

निष्काशनमा परेका सांसदद्वयले आफूहरू राजनीतिक प्रतिशोधको सिकार भएको आरोप लगाएका छन्। गम्भीर दुर्व्यवहारको आरोप लागेका सांसदलाई सजाय दिन आरक्षित कानुनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गरेर आफूहरूलाई निष्काशन गरिएको दाबी उनीहरूले गरेका छन्। 

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, चैत २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्