Kathmandu Press

बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

इस्लामाबाद, चैत २४ : पाकिस्तानी गुप्तचर निकायले आतङ्कवादी सङ्गठनका एक जना नेतालाई पक्राउ गरेको बताएको छ। पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेश्नल आर्मी (बिएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको आज जनाएको हो। 

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्मिसेस पब्लिक रिलेसनस (आइएसपीआर) का अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई बिहीबार पक्राउ गरिएको हो।  

बिएनएले सुरक्षा निकायलाई लक्ष्यित गरेर बारम्बार घातक आक्रमण गर्दै आएको छ। सम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा आतङ्कवादी गतिविधि नियन्त्रणमा योगदान पुग्ने विश्वास आइएसपीआरले व्यक्त गरेको छ।

शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतंकवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आइएसपीआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्