Kathmandu Press

पर्यटकका लागि एनसेलले ल्यायो ‘टुरिस्ट सिम’

काठमाडौं, माघ ९ : नेपालमा भ्रमणमा आउने विभिन्न देशका पर्यटकका लागि एनसेलको ‘टुरिस्ट सिम’ योजना ल्याएको छ।

एनसेल प्रालिले नेपाल भ....

पर्यटकका लागि एनसेलले ल्यायो ‘टुरिस्ट सिम’

काठमाडौं, माघ ९ : नेपालमा भ्रमणमा आउने विभिन्न देशका पर्यटकका लागि एनसेलको ‘टुरिस्ट सिम’ योजना ल्याएको छ।

एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबारदेखि संचालन गरेको हो। यो योजनाअन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बन्डलिङ गरिएको प्याकहरु लिन सक्ने एनसेलले जनाएको छ।

पर्यटकले करसहित एक सय रुपैयाँमा टुरिस्ट सिमसहितको स्टार्टर प्याक लिन सक्नेछन्। यो प्याकमा ३० रुपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको एक जिबी डेटा पाउँनेछन्।

त्यस्तै, पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएको कम्बो प्याकमा तीनदिने प्याकको करसहित दुई सय ९० पर्छ भने यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र तीन जिबी डेटा भोल्युम रहेको छ।

यस्तै, सात जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको सातदिने प्याकको करसहित चार सय ९० तोकिएको छ भने करसहित नौ सय ८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बन्डल रहेको छ।

 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, माघ ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्