Kathmandu Press

राजा चार्ल्सको राज्याभिषेक मे ६ मा

राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ। वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन्। 
राजा चार्ल्सको राज्याभिषेक मे ६ मा

लन्डन, चैत २२ :  राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएको छ। सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ।

राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ। वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन्। 

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकाको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ।

उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनुहुनेछ।

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, चैत २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्