वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठद्वारा प्रतिबद्धतापत्र सार्वजनिक
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै श्रेष्ठले चूनौतिपूर्व आर्थिक संकट र व्यवसायीहरुको अवस्था सुधार गर्न महासंघमा सवल नेतृत्व आवश्यक रहेको बताए।काठमाडौं, चैत २२ : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले आफ्नो समूह घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्र सार्वजनिक गर्दै श्रेष्ठले चूनौतिपूर्व आर्थिक संकट र व्यवसायीहरुको अवस्था सुधार गर्न महासंघमा सवल नेतृत्व आवश्यक रहेको बताए।
उनले बस्तुगततर्फको उपाध्यक्ष पदमा रहँदा आफूलाई हौसला प्रदान गरेको र अनुभवका आधारमा नेतृत्व उन्मुख हुन चाहेका जिकिर गरे। पीडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न आफु लाग्ने उनले बताए।
महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरूको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिने श्रेष्ठले बताए।
उहाले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधारका लागि यथासक्य प्रयत्न गर्ने र यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रबिधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्ने जिकिर गरे।