Kathmandu Press

इरानद्वारा युएईका लागि राजदूत नियुक्त

तेहरानले मङ्गलबार युएईका  लागि नयाँ राजदूत नियुक्त गरेको छ। इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१६ पछि इरानले युएईका लागि पहिलो राजदूत नियुक्त गरेको हो।
इरानद्वारा युएईका लागि राजदूत नियुक्त

तेहरान, चैत २२ :  विगत सात वर्षदेखि तेहरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स ९युएई०का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ। 

तेहरानले मङ्गलबार युएईका  लागि नयाँ राजदूत नियुक्त गरेको छ। इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१६ पछि इरानले युएईका लागि पहिलो राजदूत नियुक्त गरेको हो।

रियादले एक जना प्रख्यात शिया धर्मगुरूलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीले तेहरानस्थित साउदी दूतावासमा आक्रमण गरेका थिए। त्यसको विरोधमा साउदीले आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानसँगको सम्बन्ध तोडेको थियो। इरान र साउदीबीचको द्वन्द्वले खाडी क्षेत्रको स्थायित्व र सुरक्षालाई खतरामा पार्नाका साथै मध्यपूर्वमा द्वन्द्व बढाएको थियो। 

गत महिना चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो। इरानसँग एक शताब्दीभन्दा लामो समयदेखि व्यापारिक सम्बन्ध रहेको युएईले तेहरानसँगको सम्बन्धलाई पुनः नवीकरण गरेको हो। 

यसैबीच, साउदी अरब र इरानका शीर्ष कूटनीतिज्ञहरूले भोलि बिहीबार बेइजिङमा वार्ता गर्ने भएका छन्। खाडी क्षेत्रका दुई प्रतिद्वन्द्वी मुलुकले चीनको सक्रियतामा हालै भएको सम्झौता कार्यान्वयन गर्ने नयाँ चरणका योजनाबारे छलफल गर्ने बताइएको छ। 

राजकुमार फैसल बिन फरहान अल साउद र उहाँका इरानी समकक्षी होसेन अमीराबदुल्लाहियानबीच भोलि हुने भेटवार्ता सात वर्षपछिको पहिलो औपचारिक बैठक हुनेछ। 

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, चैत २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्