Kathmandu Press

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मंगलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो। अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन्।
पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

न्युयोर्क, चैत २२ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकसँगको यौन सम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झूटा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ। 

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मंगलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो। अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन्। सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी नायिक स्टोर्मी डेनियलसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ। डेनियलले आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन्। 

Hardik ivf

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो। उनका कानुन व्यवसायीले विश्व प्रख्यात उहाँको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए। अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए। उनलाई हत्कडी पनि लगाइएको थिएन। अदालतमा उनी आफ्ना कानुन व्यवसायीहरूसँगै बस्नुभएको थियो। अदालतमा उहाँ शान्त तर गम्भीर देखिनुहुन्थ्यो। करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए। 

अदालतबाट बाहिरिनेवित्तिकै ट्रम्प फ्लोरिडा फर्केएका छन्। उनी अदालतबाट बाहिरिँदा उनका समर्थकहरूले उनीमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए। आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै उनले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गरे।

बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी पनि उनले गरे। 'अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइँन। आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुठा मुद्दा लगाइएको हो। यो तत्काल खारेज हुनुपर्छ,' उनले भने। 

न्यायाधीश जुआन मर्चनले उनीमाथि कुनै आदेश जारी नगरे पनि दुवै पक्षलाई संयमित भएर शिष्ट भाषामा ध्यान आग्रह गरे। उनले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ। अदालतको अर्को सुनुवाई डिसेम्बरमा हुनेछ। 

पूर्वराष्ट्रपति ट्रम्पमाथि अरु मुद्दा पनि लाग्नसक्ने सम्भावना छ। उनीमाथि जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेपको प्रयास गरेको तथा अमेरिकी संसद्मा जनवरी ६ मा दङ्गा गराएको सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ। साथै उनको फ्लोरिडास्थित घरमा फेला परेका गोप्य दस्तावेजलाई लिएर पनि थप मुद्दा लाग्न सक्ने बताइएको छ। 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्