सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ हजार बढ्यो
दुई साताअघिको रेडर्क तोड्दै सुनको मूल्य बुधबार बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।काठमाडाैं, चैत २२ : सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। दुई साताअघिको रेडर्क तोड्दै सुनको मूल्य बुधबार बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
दुई साताअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो। सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार तोकिएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा छ। मंगलबार तोजाबी सुनको मूल्य १ लाख ८ हजार ५ सय प्रतितोला थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:१७ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१