Kathmandu Press

अफगानिस्तानमा सुरक्षा कारबाहीका ६ आईएस लडाकु मारिए

बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन्।
अफगानिस्तानमा सुरक्षा कारबाहीका ६ आईएस लडाकु मारिए

मजार–इ–शरिफ, चैत २१ : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस)विरुद्ध सञ्चालन गरेको कारबाहीमा ६ जना लडाकु मारिएका छन्।

बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन्।

अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–शही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो।

गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस संगठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ। 

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, चैत २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्