नाइजेरियामा ११ जना बन्दुकधारी मारिए
लागोस, चैत २० : नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्।
कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ । एघारजना डाकुहरू मारिएको र दुईवटा एके-४७ राइफल र त्यसमा प्रयोग हुने म्यागजिनका साथै ५७ राउन्ड गोला बारुद बरामद गरिएको सेनाले जनाएको छ ।
पछिल्ला केही महिनाहरूमा उत्तरी नाइजेरियाले यस्ता थुप्रै आक्रमणहरू भोग्न वाद्य भएका छन् जसले धेरै मानिसहरूलाई बन्धक समेत बनाएको छ।
प्रकाशित मिति: १९:४३ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१